बालयौन दुर्व्यवहारबारे बर्षा राउतको सर्ट मुभी सार्वजनिक (भिडियो)

Hamro Jamana -   हाम्रो जमाना || २०७७ चैत २ सोमबार

काठमाडौं । नायिका बर्षा राउत मुख्य अभिनयमा रहेको सर्ट फिल्म ‘सावधान’ सार्वजनिक भएको छ।

दीपेन्द्र लामाको निर्देशनमा तयार पारिएको यो फिल्म बालयौन दुराचारको विषयमा केन्द्रित छ।

वर्षाले आमाको भूमिका निर्वाह गरेको यो फिल्ममा काव्या अधिकारी छोरीको भूमिकामा देखिन्छिन्। बुवाको भूमिका भने प्रवीण खतिवडाले निर्वाह गरेका छन्।

सानी बालिकामाथि आफन्तबाट हुने यौन दुर्व्यवहार र त्यसबाट अनभिज्ञ अभिभावकको समस्या फिल्ममा देखाइएको छ। भिडियो हेर्नुहोस् :


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
hamrojamana@gmail.com



सामाजिक संजाल