होलीलाई दीपाश्रीकाे ‘धनियाँ के होली’(भिडियोसहित)

Hamro Jamana -   हाम्रो जमाना || २०७७ चैत ८ आइतबार

काठमाडौं । अभिनेत्री निर्मात्री तथा निर्देशक दीपाश्री निरौलाको स्वरमा होली गीत ‘धनियाँ के होली’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायिका दीपालाई गायक सुमित खड्काले साथ दिएका छन् । गीतमा दीपनारायण राजवंशीको शब्द तथा निरज श्रेष्ठको संगीत छ ।

भिडियोमा दीपाश्रीसहित दीपकराज गिरी, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवी डंगोल, अनुराग कुँवर, सुमन गिरी ‘भाञ्जा’ फिचर्ड छन् ।

भिडियोमा विपिन मल्लको सम्पादन, शिशिर खातीको कोरियोग्राफी, हरि हुमागाईंको छायांकन तथा दीपाश्रीकै निर्देशन छ ।

फिल्म ‘छक्का पञ्जा’ टिमले निर्माण गरेको भिडियो छक्का पञ्जा मिडियाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
hamrojamana@gmail.com



सामाजिक संजाल