‘सूर्यवंशी’ को रिलिज मिति स्थगित

Hamro Jamana -   हाम्रो जमाना || २०७७ चैत २५ बुधबार

काठमाडौं । प्रतिक्षीत बलिउड फिल्म ‘सूर्यवंशी’ को रिलिज मिति फेरि पनि स्थगित भएको छ । भारतमा कोरोना संक्रमण बढेपछि निर्माण टिमले फिल्मको रिलिज अनिश्चितकालका लागि स्थगन गर्ने निर्णय गरेको हो ।

रोहित सेट्टी निर्मित तथा निर्देशित यो फिल्म ३० अप्रिल (बैशाख १७) मा प्रदर्शनमा आउने तयारीमा थियो । यसअघि पनि फिल्मको कोरोनाका कारण रिलिज रोकिएको थियो ।

संक्रमण बढ्न थालेपछि मुम्बईमा रात्रिकालिन कर्फ्यू लगाइएको छ भने विकेन्डमा लकडाउन घोषणा गरिएको छ । यसअघि कोरोनाका कारण ‘चेहरे’ र ‘बन्टी और बब्ली २’ ले रिलिज रोकेका थिए ।

अब सलमान खानको ‘राधे’ र कंगना रनावतको ‘थलाइवी’ को रिलिज पनि स्थगित हुने देखिएको छ । ‘सूर्यवंशी’ रोहित सेट्टीको कप सिरिजको चौथो फिल्म हो । फिल्ममा अक्षय कुमार, कैटरीना कैफ, अजय देवगन र रणवीर सिंहको अभिनय रहेको छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Itahari, sunsari
+977-9842440474
+977-9803760467
hamrojamana@gmail.com

प्रबन्ध निर्देशक / प्रधान सम्पादक : साजन मगर 

सह-सम्पादक : समिक्षा मगर 

कानुनी सल्लाहकार : बिक्रम थापा 

सल्लाहकार : सन्देश थापा, गोपाल शर्मा, बिनोद राई 

स्थायी लेखा नम्बर :

कम्पनी दर्ता नम्बर :

सूचना विभाग दर्ता नम्बर : 


सामाजिक संजाल