थामिएनन् विपनाका आँशु

Hamro Jamana -   हाम्रो जमाना || २०७७ चैत १ आइतबार

काठमाडौँ । नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका हुन् विपना थापा । उनी भारतका नागरिकसँग विवाह गरेलगत्तै १४ वर्षदेखि फिल्म क्षेत्रबाट अलग रहेकी थिइन् ।

१४ वर्षदेखि कुनै अवार्डमा सहभागी नभएकी विपना नेफ्टा अवार्डमा सहभागी हुन केही दिन अगाडी उनी नेपाल आएकी छन् ।

नेफ्टा अवार्ड आयोजक संस्था चलचित्र प्राविधिक संघले नायिका विपनालाई एक महिना अगाडी देखि बोलाएको हो। अवार्ड कार्यक्रममा उनी निकै भावुक भइन् । उनले आँशु थाम्न सकिनन् । सोल्टी होटलमा शनिबार भएको अवार्ड कार्यक्रममा बोल्दै उनले आयोजकहरु कसैले नसम्झको गुनासो गरीन् । १११ वटा फिल्ममा सशक्त अभिनय गरेकी विपना नेफ्टाले बोलाएकोले बिरामी हुँदा पनि आएकी हुन् । शनिवार पाँचतारे होटल सोल्टीमा भएको अवार्ड कार्यक्रममा पुग्दा उनी नर्भस र भावुक भएकी थिइन् ।

वर्षौंपछि फिल्मी माहोलमा सहभागी हुन पाउँदा आफू विगतमा फर्किएको उनले बताइन् । अवार्ड कार्यक्रमबाट बाहिरिँदै गर्दा विपनाले मिडियासँग भनिन्, ‘म आज १४ वर्षअघिको विपना महशुस गरिरहेको छु । मलाई दर्शकहरुले निकै माया गर्नुहुन्छ । फिल्म इन्डस्ट्रीका धेरै जनासँग मेरो सामाजिक सञ्जालमा कुरा भइरहेको हुन्छ । सबैले आज पनि मलाई उतिक्कै माया गर्नुहुन्छ ।’ उनले भनिन् ।

संचारकर्मीहरुसँग कुरा गर्दै उनले फिल्ममा कमब्याकको तयारीमा रहेको जानकारी दिएकी छन् ।उनले अब फेरी अभिनयलाई नै निरन्तरता दिने बताएकी छन् ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
hamrojamana@gmail.com



सामाजिक संजाल