दीपाश्री लगायतको फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ

Hamro Jamana -   हाम्रो जमाना || २०७७ चैत २४ मङ्गलबार

काठमाडौं । दीपाश्री निरौलालगायत कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

साइबर ब्युरोले उक्त आरोपमा एक बालकलाई पक्राउ गरेको हो।
प्रहरीले पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए।

निरौलालगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भन्ने प्रहरी कार्यालयमा जाहेरी परेको थियो।

सोही जाहेरीको आधारमा खटिएको प्रहरीको टोलीले १४ वर्षीय बालकलाई जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमति पर्साबाट पक्राउ गरेको हो।

उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सोमबार पक्राउ गरेको हो।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Itahari, sunsari
+977-9842440474
+977-9803760467
hamrojamana@gmail.com

प्रबन्ध निर्देशक / प्रधान सम्पादक : साजन मगर 

सह-सम्पादक : समिक्षा मगर 

कानुनी सल्लाहकार : बिक्रम थापा 

सल्लाहकार : सन्देश थापा, गोपाल शर्मा, बिनोद राई 

स्थायी लेखा नम्बर :

कम्पनी दर्ता नम्बर :

सूचना विभाग दर्ता नम्बर : 


सामाजिक संजाल