ग्याष्ट्रिक के हो र कसरी हुन्छ ? ग्यास्ट्रिकको लक्षण र घरेलु उपचार विधि

Hamro Jamana -   हाम्रो जमाना || २०७७ चैत १४ शनिवार

एजेन्सी। ग्यास्ट्रिक भनेको पेट सम्बन्धि समस्या हो । ग्यास्ट्रिक (Gastric) लाई मेडिकल भाषामा ग्यास्ट्राइटिस (Gastritis) अर्थात् Dyspepsia भनिन्छ । वास्तवमा ग्यास्ट्रिकको सहि नाम पनि ग्यास्ट्राइटिस (Gastritis) अर्थात् Dyspepsia  हो तर बोलीचालीको भाषामा Dyspepsia वा Gastritis लाई ग्यास्ट्रिक (Gastric) भनिने गरिन्छ. नाम र शब्द जे भने पनि ग्यास्ट्राइटिस (Gastritis) वा ग्यास्ट्रिक (Gastric) रोग एकै हो. वास्तवमा ग्यास्ट्रिक आफैंमा कुनै रोग होइन, यो  पेट सम्बन्धि समस्या मात्र हो. यो पेट सम्बन्धि कुनै पनि रोगले वा पेट सम्बन्धि कुनै पनि समस्याले निम्त्याएको एक समस्या हो जसलाई  सबैले  ग्यास्ट्रिक रोग भनेर नै चिन्ने गर्छन्.  ग्यास्ट्रिकको समस्या सबैमा हुन्छ । 

के हो त ग्याष्ट्रिक ?

हाम्रो पेटको ग्याष्ट्रिक ग्ल्यान्डले खाना पचाउनका लागि ग्याष्ट्रिक रस निष्कासन गर्छ, र सो रस सामान्यभन्दा बढी निष्कासन भयो भने अथवा अन्य कुनै कारणबस पेटमा बढी एसिड जम्मा भयो भने ग्याष्ट्रिक हुने गर्दछ ।

ग्याष्ट्रिक धेरै चिन्ता गर्ने, तनाव लिने तथा बढी पिरो, अमिलो, मसालेदार पदार्थ, चिया–कफी, रक्सी–चुरोट पिउने, ठीक समयमा नखाने आदि कारणले हुने गर्दछ ।

जब कुनै व्यक्ति खाना खाइ सके पछी उसमा असहज हुन्छ वा खाना खाए पछी उक्त खाना अपच हुन्छ वा उक्त खानाबाट पेटमा ग्यास बढी हुन जान्छ भने यस्तो समस्यालाई ग्यास्ट्रिक भएको भनेर चिनिने गरिन्छ.

ग्यास्ट्रिक (Gastric) केहि मानिसमा अचानक देखिन सक्छ भने कसैलाई दीर्घकालिन ग्यास्ट्रिक रोग (Long Term Gastric) भएको हुन्छ . पुरानो ग्यास्ट्रिक लामो समय सम्म हुने गर्छ र अचानक हुने ग्यास्ट्रिक केहि दिनमा आफैं ठिक हुने गर्छ । 

खानपिनमा नियमित ध्यान दिन नसक्दा हुने रोग ग्याष्ट्रिकका कारण सर्वसाधारणले ज्यान समेत गुमाउनुपर्ने अवस्था आउन सक्छ । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिंगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु ग्याष्ट्रिकका लक्षण हुन्। त्यसैगरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ-ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ। तर, यो रोगलाई निको पार्न सामान्य कुरामा ध्यान दिने हो भने ग्याष्ट्रिकबाट बच्न सकिन्छ । ग्याष्ट्रिकबाट बच्नका लागि यहाँ केही टिप्स दिइएको छ ।

– लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्डड्रिङसकको प्रयोग गर्नु हुँदैन । यसले पेटमा ग्यास बढाउँछ ।

– बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ ।

– ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ ।

– पेटमा धेरै ग्यास भएको अवस्थामा कागतीपानी पिउने गर्नुपर्छ । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागतीपानी खानाले पेटमा ग्यास कम हुन्छ ।

– पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ ।

– ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र दूधबाट बनेका अन्य परिकार खानु राम्रो हुन्छ ।

बच्ने उपाय

-समयमा खाना खाने वा सन्तुलित आहार गर्ने हो भने ग्यास्ट्रिकबाट बच्न सकिन्छ । 

-अत्यधिक चिल्लो, पिरो र अमिलो खानेकुरा नखाने अर्थात् साधारण खानाको सेवनले ग्यास्ट्रिक हुनबाट बचाउँछ । 

-रक्सी, चुरोटजस्ता पदार्थको सेवन नगर्ने र चिकित्सकको सल्लाहमा मात्र पेनकिलर खाने गर्नाले यसबाट बच्न सकिन्छ ।

उपचार

-ग्यास्ट्रिक बिग्रिएमा अल्सर र क्यान्सर हुने सम्भावना रहन्छ । अल्सरका कारण अत्यधिक रक्तश्राव भएर मानिसको ज्यान जोखिममा पर्न सक्छ । पछिल्लो समय बजारमा राम्रो गुणस्तरको -औषधि पाइने भएकाले ग्यास्ट्रिकको समस्या पहिलेभन्दा निकै कम भएको पाइन्छ । 

-ग्यास्ट्रिक भएको सुरुवाती चरणमैै खानपान व्यवस्थित र औषधि सेवन गर्ने हो भने यो समयमै निको पार्न सकिन्छ ।

-इन्डोस्कोपीबाट चेकजाँच गरी ग्यास्ट्रिकको चरण पत्ता लगाएर उपचार गरिन्छ । सुरुको चरणमा एसिड उत्पादन कम गर्ने औषधिको सेवनबाट उपचार गर्न सकिन्छ । 

-अल्सर भएमा रक्तश्रावले समस्या आउने भएकाले छुट्टै उपचार गरिन्छ । यसबाहेक क्यान्सर नै भइसकेको चरणमा शल्यक्रियाका माध्यमबाट उपचार गर्नुपर्ने हुन्छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
hamrojamana@gmail.com



सामाजिक संजाल