‘जाइफल’ महिनावारी गडबडी तथा हाडजोर्नी दुखाइको अचुक औषधि (भिडियो रिपोर्ट)

Hamro Jamana -   हाम्रो जमाना || २०७७ माघ २९ बिहिबार

काठमाडौं– जाइफल एक औषधिय गुणले भरिपुर्ण मसला हो। जाइफलको गेडा र तेल दुवैको औषधिको रुपमा प्रयोग गर्न सकिन्छ। यसको प्रयोगले महिनावारी गडबडी, खानाको अरुची, अनिद्रा जस्ता समस्या समाधान हुन्छ।

निद्रा नलागेको खण्डमा जाइफललाई दुधसँग मिसाएर खाएमा निद्रा लाग्दछ। यदि तपाईको हातगोडा र जीउ दुखेको छ भने पनि जाइफललाई पानीमा पकाएर मह मिसाई खाएमा ठिक हुन्छ।

त्यस्तै डरलाग्ने, मुटु बढी ढुकढुक हुने, झस्किने लक्षणहरु उत्पन्न भएमा दूध र शिलाजितका साथमा थोरै जाइफल मिसाई प्रयोग गर्दा राम्रो हुन्छ र जीउ दुख्दा जाइफललाई फुराएर त्यसलाई जीउमा दल्दा पनि ठिक हुन्छ।

पीडानाशक, ह्रदयोत्तेजक, ज्वरनाशक, वातनाशक, कफ निवारक, अतिसारनाशक, पाचक आदि लाभहरू जाइफलबाट पाउन सकिन्छ।

जीउ दुखेमा, हातगोडा गलेमा जाइफललाई पानी वा दूधमा पकाइ पिउने गर्दा त्यो समस्या केही क्षणमै सुधार हुन्छ। त्यसैगरी तोरीको तेलमा जाइफल थिचेर फुराउने र त्यसलाई जीउमा दल्दा जीउ दुखाइमा आराम पाइन्छ।

जाइफल र तीतेपातीको पातलाई तोरीको तेलमा पानी दोब्बर राखी उमाल्ने र कम आँचमा पकाई पानी सुकाउने। उक्त तेललाई जोर्नी दुखेको ठाउँमा राखी कपडाले बेर्ने गर्दा दुखाई सन्चो हुन्छ। एक लिटर दूधमा थोरै जाइफल राखेर पकाउने र पिउने बेलामा १ चम्चा मह र सानो टुक्रा शिलाजित मिसाइ पिउने गर्दा नपुंसकता एवम् शीघ्रपतन सम्बन्धी यौन समस्या ठीक हुन्छ। तर, यसको केही महिनासम्म प्रयोग गर्नुपर्छ ।

जाइफलमा प्रचुर मात्रामा क्याल्सियम र फस्फोरस तत्व पाइन्छ जुन हाडजोर्नीका लागि अति नै उपयोगी मानिन्छ । विशेषगरी यसले हरेक किसिमको जोर्नी दुखाई कम गर्न मदत पुर्याउछ ।

यसको प्रयोगका लागि सर्वप्रथम जाइफललाई राम्रोसंग पिसेर पाउडर बनाउने । हरेक दिन बिहान मनतातो पानीमा यस पाउडर मिसाई नियमित सेवन गरेको खण्डमा हाडजोर्नी दुखाईलाई कम गर्दछ ।

भिडियो :



प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Itahari, sunsari
+977-9842440474
+977-9803760467
hamrojamana@gmail.com

प्रबन्ध निर्देशक / प्रधान सम्पादक : साजन मगर 

सह-सम्पादक : समिक्षा मगर 

कानुनी सल्लाहकार : बिक्रम थापा 

सल्लाहकार : सन्देश थापा, गोपाल शर्मा, बिनोद राई 

स्थायी लेखा नम्बर :

कम्पनी दर्ता नम्बर :

सूचना विभाग दर्ता नम्बर : 


सामाजिक संजाल