के तपाईको सास गन्हाउँछ ? अपनाउनुहोस यी घरेलु उपाय

Hamro Jamana -   हाम्रो जमाना || २०७७ चैत २० शुक्रबार

एजेन्सी। मानिसको स्वासको दुर्गन्ध हुनुमा मुखको सरसफाइमा कमी या कुनै ठूलो रोगको लक्षण समेत हुन सक्छ। यसैले मुख गन्हाउने समस्यालाई हल्का ढंगले लिनु हुँदैन।

मुख वा स्वासको दुर्गन्धलाई डाक्टरी भाषामा ‘हयालिटोसिस’ भनिन्छ।यो धेरैजसो मुखमा ब्याक्टेरियाको मात्रामा वृद्धि भएर हुन्छ। यो ब्याक्टेरियाले निस्किने सल्फर कम्पाउन्डका कारण सासमा दुर्गन्ध उत्पन्‍न हुन्छ, मुखमा दुर्गन्ध आउनुको मुख्य करण दाँतको उचित सरसफाइ नहुनु नै हो।

सास गनाउनुका पछाडि अनेकौं कारण हुन सक्छन् । खानपिन नमिलेर पनि यसो हुन सक्छ । समयमा ब्रेकफास्ट नगर्दा, नियमित रूपमा मुख सफा नराख्दा, खानेकुरा नपच्दा सास गनाउँछ । तर यहाँ बताइएका केही घरेलु उपायले यो समस्याबाट मुक्ति दिन्छन् ।

१ ग्रीन टी

ग्रीन टी पिउने गर्नुभयो भने सास गनाउन छोड्छ । यसको एन्टीब्याक्टेरियल तत्त्वले दुर्गन्ध नाश गर्छ ।

२ पानी

पानी पिउँदा मुख ताजा रहन्छ र दाँतमा अड्केको खानेकुरा पनि पखालिएर जान्छ । यसरी मुख सफा भएर दुर्गन्ध हराउँछ ।

३ ल्वाङ र सूप

ल्वाङ चुस्नुभयो भने पनि सास गनाउन छोड्छ अनि दाँत पनि दुख्दैन । सूप चपाउनुभयो भने पनि मुखको दुर्गन्ध हराउँछ ।

४ कागतीको रस

एक गिलास पानी तताउनुस् र त्यसमा दुई चम्चा कागतीको रस हाल्नुस् । अनि मनतातो भएपछि बिहान बेलुका कुल्ला गर्नुस् । केही दिनमै मुखको दुर्गन्ध हराउँछ ।

५ हरियो अलैंची

अलैंची चपाउँदा दुर्गन्ध हराउने मात्र होइन मुखको स्वाद पनि बढ्छ अनि भोक लाग्ने समस्या अन्त्य हुन्छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
hamrojamana@gmail.com



सामाजिक संजाल