दिनमा कति पानी पिउने, पानी पिउने सही समय कुन हो ?

Hamro Jamana -   हाम्रो जमाना || २०७७ चैत ४ बुधबार

एजेन्सी । पानी यस्तो प्राकृतिक स्रोत हो जसको प्रयोगबिना मानव जीवको कल्पना पनि गर्न सकिँदैन । यसका लागि पानीलाई पृथ्वीको अमृत पनि भन्ने गरिन्छ । मान शरीर पाँच तत्वबाट बनेको हुन्छ । पानी मानव शरीरका लागि अनिवार्य तथा आवश्यक तत्वमध्ये एक हो ।

आयुर्वेदमा पानी पिउने सही समय र मात्राको उल्लेख पाइन्छ । सही समय र मात्रामा पानी पिउँदा त्यसले औषधिको काम गर्छ । तर गलत तरिकाले, गलत समयमा र गलत मात्रामा पानी पिउँदा नोक्सानी पुर्‍याउँछ । आयुर्वेद विशेषज्ञ डा. अबरार मुल्तानीले कहिले र कति पानी पिउँदा कुन रोगबाट बच्न सकिन्छ भनी बताएका छन् ।

पिउने पानी राम्रो तथा ताजा हुन आवश्यक छ । बासी पानीले यस्तो जीवाणु पैदा हुन्छ जसले कफ र पित्त बढाउँछ । तर यसभन्दा पहिला पानी कस्तो स्थितिमा, कहिले र कसरी पिउन आवश्यक छ त्यसबारे जानकारी लिन जरुरी छ । केही यस्तो स्थिति र बिरामीमा पर्याप्त पानी पिउन आवश्यक छ ।

दाँत ब्रस गर्नुभन्दा पहिले खाली पेटमा २ गिलास पानी पिउनुपर्छ । त्यसपछि ब्रस गरिसकेपछि ४५ मिनेटपछि पानी पिउनुपर्छ । त्यसपछि सामान्य खाना खान सकिन्छ । 

पानी पिउँदा विस्तारै एक–एक घुट्की गर्दै पिउनुपर्छ । त्यसले भित्री अंगहरुलाई सक्रिय गराउँछ । गर्मीको मौसममा पनि बीच–बीचमा पानी पिउनुपर्छ ।

पानी पिउँदा बसेर पानी पिउनुपर्छ । पानी पिउँदा कहिल्यै पनि उभिएर पानी पिउनुहुँदैन । यसले घुँडा दुख्ने समस्या पैदा गर्छ ।

व्यायाम गरेपछि र गर्नुभन्दा ३० मिनेट पहिले एक गिलास पानी पिउनुपर्छ । पानीले मेटाबोलिज्म तीव्र हुन्छ र व्यायाम गर्न सजिलो हुन्छ । 

खाना खानेवित्तिकै पानी पिउनु हुँदैन । यसले पाचन प्रक्रियामा असर गर्छ । खाना खानुअघि आधा घण्टा पहिले मात्रै पानी पिउनुपर्छ । पानीले राम्रोसँग खाना खान मन लाग्दैन । 

भोक लाग्दा पानी पिउने हैन । तिर्खा लाग्दा मात्रै पानी पिउनुपर्छ । भोक लागेको समयमा खाना खानुपर्छ । पानी पिउदा भोक हराउँछ र खाना खान मन लाग्दैन ।

तातो खाना, काक्रो, तरबुजा, खरबुजा, मसलादार खाना, चिल्लो खाना, बदाम, तातो दूध, चिया, घामबाट हिँडेर आउनेवित्तिकै पानी पिउनु शरीरका लागि हानिकारक हुन्छ । यस्तै, व्यायाम गर्नेवित्तिकै  पनि पानी पिउनु हुदैन । 

यसैगरी, बिहान पानी पिउँदा टाउको दुखाई, मिर्गौलाको समस्या, मुटुको रोग, पाचन प्रक्रियामा सन्तुलन, कब्जियत जस्ता थुप्रै समस्याहरु समाधान हुन्छ । 

पानी किन पिउने ?

यदि तपाईंलाई अझै पनि अन्यौल छ कि हामीले पानी किन पिउनुपर्छ भनेर भने हामी यसका केही उदाहरणहरु यहाँ दिन खोजिरहेका छौं ।

शारीरिक क्रियाको लागि जरुरी छ पानी

शरीरको हरेक कोशिकाको लागि महत्वपूर्ण तत्व हो पानी । जो पोषक तत्वलाई शरीरको विभिन्न ठाउँमा सञ्चार गर्ने एवं त्यसको अवशोषण गर्ने कामको लागि महत्वपूर्ण छ ।

यसले सास लिने वा मल त्याग गर्ने जस्ता शरीरको विभिन्न क्रियालाई नियमित गर्न मद्धत गर्ने गर्छ । पाचन एवं मस्तिष्क क्रियाको लागि पनि यो महत्वपूर्ण हुन्छ ।

शरीरमा ऊर्जाको स्तर बढाउँछ पानीले

पानीले शरीरमा ऊर्जाको स्तर बढाउन मद्धत गर्न गर्छ । दैनिक २ लिटर पानी पिउँदा ऊर्जाको स्तर ४०० जुल्ससम्म बढ्ने गर्छ ।

पानी त्यतिबेला धेरै पिउनु जरुरी हुन्छ, जतिबेला तपाईंहरु नियमित वर्क आउटमा निस्कनुहुन्छ । यसका अलावा पानीले थकाइलाई दूर गराउन समेत मद्धत गर्ने गर्छ ।

दिमागको कार्य र मुडलाई ठीक राख्न

विभिन्न अध्ययनले यो देखाएको छ कि शरीरमा पानीको कमी हुनुको सम्बन्ध ज्ञान र अनुभूतिसँग समेत रहेको छ । साथमा पानी पिउनुले मान्छेलाई कुनै पनि ध्यानमा फोकस गर्न मद्धत गर्ने गर्छ ।

जसले व्यक्तिको शैक्षिक एवं अन्य कार्यमा समेत सफलता प्राप्त गर्न सजिलो बनाएको हुन्छ । यसका अलावा कैयौं अध्ययनले यो पनि पुष्टि गरेको छ कि यदि व्यक्ति पर्याप्त रुपले पानी पिउँछ भने उसको मुड त्यो दिनभरि ठीक हुने गर्छ ।

पाचन प्रणालीको सुधारको लागि पानी

पानीले पाचन प्रणालीको प्रक्रियासँग जोडिएको एन्जाइमको संश्लेषित गर्न समेत मद्धत गर्ने गर्छ । पानी मान्छेको पाचन प्रणालीलाई सामान्य बनाउनको लागि सहयोगी हुन्छ । कब्जियत जस्ता समस्याको घरेलु उपचारको रुपमा पनि पानीलाई लिन सकिन्छ ।

शरीरभित्रको शुद्धीको लागि पानी

पानीमा रहेको अपशिष्ट पदार्थलाई शरीरबाहिर निस्कासित गर्नको लागि पनि पानीको सहयोग चाहिन्छ । यसले मललाई बाहिर पठाएर शरीरभित्रको शुद्धीमा सहयोग पु¥याउँछ ।

छालाको लागि उपयुक्त हुन्छ पानी

पर्याप्त मात्रामा पानी पिउनुले छालामा हाइड्रेसन बढाउन सहयोग गर्छ । साथमा यसले छालाको फिजियोलोजी समेत बढी गराउन मद्धत गर्छ । जसका कारण छाला कोमल एवं मुलायम बन्छ ।

पानी पिउने सही समय :

२–३ गिलास पानी बिहान खाली पेट पिउँदा शरीरको अन्तरिक उर्जा सक्रिय हुन्छ । बिहान खाली पटमा पानीको मात्र आफ्नो शरीरको क्षमता अनुसार बढाउन वा घटाउन सकिन्छ । तर दुई गिलास पानी पिउने प्रयास गर्नुहोला ।

- एक गिलास पानी नुहाए पश्चात पिउँदा ब्लडप्रेसर नियन्त्रित रहन्छ ।

- दुई गिलास पानी भोजनको आधा घण्टा पहिला पिउँदा फाइदा हुन्छ ।

- आधा गिलास पानी सुत्नुभन्दा ठीक पहिला पिउँदा हर्ट अट्याकबाट बच्न सकिन्छ ।

दिनमा कति पानी पिउने ?

केही सिद्धान्तका अनुसार हामीलाई हरेक दिन कमसेकम आठ गिलास पानी पिउनुपर्छ भन्ने मानिन्छ । जसले गर्दा तपाईंको शरीर विषरहित, छाला पोषित हुने र हाइड्रेटेड गर्न समेत मद्धत गर्ने गर्छ । तर आयुर्वेदले यसलाई स्वीकार्दैन ।

आयुर्वेदका अनुसार पानी एक अनिवार्य तत्व हो । तर अत्यधिक पानीको सेवाले तपाईंलाई भोको महसुस नगराउला तर अपच हुने सम्भावना भने धेरै हुन्छ ।

चरक संहिता, सुश्रुत संहिता जस्ता शास्त्रहरुले यसबारेमा उल्लेख गरेका छन् । उनीहरुले शरीरमा जतिबेला प्यास बढ्छ त्यतिबेला पानी पिउन सकिने र त्यो नै पर्याप्त हुने बताउँछन् ।

धेरै पानी पिउनुले कफ र बात रोगको समस्या बढ्न सक्ने सम्भावना पनि रहन्छ, जसले शरीरमा पाचन शक्तिलाई प्रभावित गराउने गर्छ । त्यसैले पानीमा तृप्त भएपछि जबरजस्ती पानी पिइरहनु हुँदैन ।

उभिएर पानी पिउँदा शारीरिक नोक्सान :


आजको अनियमित जीवनशैलीका कारण मानिस खानपानमा हेलचेक्र्याइँ गर्छन् । जसको घातक परिणाम शरीरले भोग्नुपर्छ ।

अधिकांश मानिसहरू हतारमा उभिएर पानी पिउछन् । जसले शरीरलाई हानी पुर्‍याउँछ ।

उभिएर पानी पिउँदा यो सजिलै शरीरमा प्रवाह हुन्छ । ठूलो मात्रामा खाद्य नलिद्वारा तल्लो पेटको भित्तामा खस्छ । यसले पेटको भित्तोको छेउछाउमा क्षति पुग्छ । एक(दुई पटक यसरी पानी पिउँदा यस्तो लाग्दैन । तर लामो समयसम्म यसरी पानी पिउँदा पाचन तन्त्र, मुटु र किड्नीको समस्या देखिन जान्छ ।

उभिएर पानी पिउँदा घुँडामा दबाब पर्छ । तसर्थ बसेर बिस्तारै पानी पिउनु आवश्यक छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
hamrojamana@gmail.com



सामाजिक संजाल