कंगोमा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु, सय बढी बेपत्ता

Hamro Jamana -   हाम्रो जमाना || २०७७ फाल्गुण ४ मङ्गलबार

काठमाडौं । कंगोमा एउटा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर करिब एक सय भन्दा बढी मानिस हराइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

कंगोको मानवीय सहायता कार्यमन्त्री स्टीव एमबिकायरले डुंगा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पुष्टि गरेका हुन् । माइ नोम्बे प्रान्तको लङगोला नजिकै सात सय जना सवार डुंगा दुर्घटना भएको हो ।

उद्दारकर्ताहरुले तीन सय भन्दा बढीलाई जीवितै उद्दार गरेको बताइएको छ । रातको समयमा भएको दुर्घटनाका कारण मृतकको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन् ।

अत्याधिक भार र क्षमताभन्दा बढी यात्रुका कारण सो दुर्घटना भएको बताइएको छ । गत महिना पनि सोही क्षेत्रको किबु तालमा डुंगा डुब्दा दुई बच्चासहित एक महिलाको मृत्यु भएको थियो । सन् २०१० को जुलाइमा बुण्डुमको पश्चिमी क्षेत्रमा डुंगा दुर्घटना हुँदा १३५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
hamrojamana@gmail.com



सामाजिक संजाल