पार्टी आधिकारिकताको दाबीसहित पत्र लेख्ने प्रचण्ड–नेपाल पक्षको निर्णय

Hamro Jamana -   हाम्रो जमाना || २०७७ माघ १९ सोमबार

काठमाडौं, माघ १९ । नेकपा (प्रचण्ड–माधव पक्ष)ले घोषित आन्दोलनलाई सफलतापूर्वक सम्पन्न गर्ने निर्णय गरेको छ । सो पक्षको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले पठाएको पत्रको विषयमा पार्टीले लिखित जवाफसहित आधिकारिकताको दाबीसहितको पत्र पठाउने निर्णय पनि बैठकले गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले म्यानमारमा भएको राजनीतिक घटना निन्दनीय भएको बैठकले ठहर गरेको जानकारी दिनुभयो ।

निर्वाचन आयोगमा जाने जिम्मेवारी पाएका नेताहरुले पत्रसहित आयोगमा चाँडै जानुहुने उहाँले जानकारी दिनुभयो । बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहनेगरी कारवाही गरिएको जानकारी पनि उहाँले दिनुभयो । तर कहिले जानेबारे भने उहाँले एकीन बताउनुभएन । केन्द्रीय कमिटी बैठकअघि सो पक्षको स्थायी कमिटीको बैठक बसेको थियो ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
hamrojamana@gmail.com



सामाजिक संजाल