दुई वर्षपछि विद्यालय फर्किए काश्मिरका बालबालिका

Hamro Jamana -   हाम्रो जमाना || २०७७ चैत ४ बुधबार

काठमाडौं । भारत प्रशासित काश्मिरमा एक–पछि–अर्को लकडाउनपछि करिब दुई वर्षपछि बालबालिकाहरु विद्यालय फर्किएका छन् ।

सन् २०१९ मा भारतको केन्द्र सरकारले काश्मिरको विशेषाधिकार खोसेसँगै बढ्न सक्ने हिंसाको आशंकामा टेलिफोन र विद्यालय लगायतमा प्रतिबन्ध लगाएको थियो, गत वर्षको मार्चदेखि फेरि कोरोनाभाइरस महामारीका कारण पुनः विद्यालयहरु बन्द गरिएका थिए ।

पछिल्लो दुई वर्षमा भारतको केन्द्र प्रशासनको प्रतिबन्ध र कोरोनाभाइरस महामारीका कारण काश्मिरका विद्यालय शिक्षा निक्कै प्रभावित बनेका छन् । इन्टरनेट सेवामा प्रतिबन्धका कारण अनलाइन कक्षाहरुमा पनि कठिनाईहरु आइरहेको थियो ।

भारतमा कोरोनाभाइरसको संक्रमण अझै पनि बढ्दो क्रममा छ, र अब भौतिक उपस्थितमा अध्ययन गर्नका लागि विद्यालय पठाउँदा बालबालिकाका अभिभावकहरु स्वास्थ्य सुरक्षालाई लिएर चिन्तित बनेका छन् ।

युनिसेफको पछिल्लो एक रिपोर्ट अनुसार, कोरोना महामारी र सन् २०२० को कोरोना लकडाउनका कारण भारतमा १० लाख ५० हजारभन्दा बढी विद्यालय बन्द रहे भने करिब २४ करोड ७० लाख बालबालिकाको पढाई प्रभावित बनेको छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
hamrojamana@gmail.com



सामाजिक संजाल