नेपालले वैशाखमा कीर्तिपुर मैदानमा त्रिदेशीय टी–२० शृङ्खला खेल्ने

Hamro Jamana -   हाम्रो जमाना || २०७७ चैत १३ शुक्रबार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले यही वैशाखमा कीर्तिपुर क्रिकेट मैदानमा त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला खेल्ने भएको छ ।

नेपालसहित नेदरल्याण्ड्स र मलेसियाबीचको शृङ्खला यही वैशाख चारदेखि ११ गतेसम्म हुने नेपाल त्रिकेट सङ्घ क्यानले विज्ञप्तिमा उल्लेख छ । डबल राउण्ड रोबिनको आधारमा हुने शृङ्खलामा शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् ।

प्रतियोगिताका लागि क्यानले बजाज पल्सर र शिवम् सिमेन्टसँग पनि सम्झौता गरिसकेको जनाएको छ ।

कोरोना महामारीपछि नेपालमा हुनलागेको यो पहिलो अन्तर्राष्ट्रिय क्रिकेट शृंखला हो । खेलाडी तथा अफिसिएलहरुको पीसीआर परीक्षणपछि मात्रै खेल खेलाइने क्यानले जनाएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको निम्तो स्वीकारेकोमा दुवै देशलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
hamrojamana@gmail.com



सामाजिक संजाल