त्रिदेशीय कप फुटबलका लागि नेपाली टोली घोषणा

Hamro Jamana -   हाम्रो जमाना || २०७७ चैत ११ बुधबार

काठमाडौं । काठमाडौंमा शुरु भएको थ्री नेशन्स कप (त्रिदेशीय कप) फुटबल प्रतियोगिताका लागि नेपाली टिमको घोषणा भएको छ ।

त्रिदेशीय कपअन्तर्गत किर्गिस्तान विरुद्धको खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरिएको हो । त्रिदेशीय कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले बिहीबार किर्गिस्तानको सामना गर्नेछ ।

उक्त खेल काठमाडौं, त्रिपुरेश्वरस्थित दशरथ रङशालामा साँझ साढे पाँच बजेबाट सुरु हुनेछ ।

प्रशिक्षक बालगोपाल महर्जनले किरणकुमार लिम्बूको नेतृत्वमा घोषित २३ सदस्यीय टोलीमा बिकेश कुथु र दीप कार्कीलाई आरक्षित गोलरक्षकको रुपमा राखिएको छ ।

डिफेन्समा रञ्जित धिमाल, निशान लिम्बू, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, बिराज महर्जन, छिरिङ गुरुङग छन् ।

त्यसैगरी, मीडफिल्डमा त्रिदेब गुरुङ्ग, सुजल श्रेष्ठ, तेज तामाङ्ग, एरिक विष्ट, सञ्जोक राई, विशाल राई, सुनिल बल, रबिशंकर पासवान रहेनेछन् । अञ्जन विष्ट, दर्शन गुरुङ्ग, अभिषेक रिजाल र भरत खवासले फरवार्डको रुपमा टोलीमा अटाएका छन् ।

‘थ्री नेशन्स कप’को पहिलो खेलमा किर्गिस्तानले बङ्गलादेशसँग १–० को हार व्यहोरेको थियो ।

प्रतियोगिताको फाइनलमा पुग्न किर्गिस्तानले नेपाल विरुद्धको खेल जित्नैपर्ने दबाब हुन्छ ।

नेपालले भने घरेलु दर्शकको समर्थनमा किर्गिस्तानलाई हराए स्वतः फाइनलको लागि बङ्गलादेशसँगको भेट सुनिश्चित गर्नेछ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Itahari, sunsari
+977-9842440474
+977-9803760467
hamrojamana@gmail.com

प्रबन्ध निर्देशक / प्रधान सम्पादक : साजन मगर 

सह-सम्पादक : समिक्षा मगर 

कानुनी सल्लाहकार : बिक्रम थापा 

सल्लाहकार : सन्देश थापा, गोपाल शर्मा, बिनोद राई 

स्थायी लेखा नम्बर :

कम्पनी दर्ता नम्बर :

सूचना विभाग दर्ता नम्बर : 


सामाजिक संजाल